बिहिवार, आश्विन १५ गते २०८३

इजरायलमा बेन्जामिन नेतान्याहुले लिए सपथ

शनिवार , पौष १६, २०७९

एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको सपथ लिएका हुन् । 

नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा सपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । 

नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार