बिहिवार, आश्विन १५ गते २०८३

काबुलमा शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

सोमवार , पौष १८, २०७९

अफगानस्तानका काबुलस्थित सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ। 

तालिबानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले १० जनाको मृत्यु भएको जनाएको छ। 

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।

उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो । उक्त विस्फोटमा चार जना घाइते भएका थिए ।

पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ ।

पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ । विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार