काठमाडौं। भारतले चीनले दुई देशलाई छुट्टयाउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाएको छ ।
विदेशमन्त्री एस जयशंकरले अस्ट्रेलियाको एक सञ्चारमाध्यमलाई अन्र्तवार्ता दिँदै एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता विरुद्ध एकतर्फी रुपमा उल्लंघन गर्न खोजेको भन्दै बेइजिङको आलोचन गरेका हुन्।
एलएसीको पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत-चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।