सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

२४ घण्टामा २६७६ जनामा संक्रमण पुष्टी, ३३ जनाको मृत्यु

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधीमा १७५७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् । अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार