सोमवार, श्रावण २५ गते २०८३

स्ववियू निर्वाचन चैत ५ गते गर्न प्रस्ताव

बिहिवार , पौष २१, २०७९

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने प्रस्ताव गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषदको आज बसेको बैठकले चैत ५ गते (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको हो ।

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो ।

त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न समेत निर्देशन दिएको छ । तर, त्रिवि विद्यार्थी कल्याण परिषद्ले यसअघि  आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले चैत ५ गते स्ववियु चुनाव गर्न आफूहरू तयार रहेको जानकारी दिए।  त्रिविमा विगत १४ वर्षदेखि स्ववियु निर्वाचन हुन हुन सकेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार