काठमाडौं। नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सेनाको टोलीले छापा मारेको छ ।
आर्थिक अनुशासन उल्लंघनको आरोपमा छानबिन गरिरहेको सेनाले आर्थिक अनियमिततासँग सम्बन्धित कागजात रहेको शंकामा शाहीको बूढानीलकण्ठस्थित घरमा छापा मारेको हो ।
कोर्ट अफ इन्क्वायरीको निर्देशनमा सैनिक प्रहरीको टोली उनको घरमा पुगेको सैनिक श्रोतले पुष्टि गरेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने आवश्यक छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भइसकेकाले अब आवश्यक सबै प्रक्रिया उतैबाट हुने बताए।
उपरथी शाहीलाई सेनाले विभिन्न युनिटमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । चारित्रिक प्रमाण पत्र र नागरिकतामा एक वर्ष उमेर फरक परेपछि उपरथी शाहीको अवकास मिति विवादमा परेको थियो ।