शुक्रवार, कार्तिक ७ गते २०८३

विश्व दौडाहमा एनआरएनए कोषाध्यक्ष, एसिया प्याशिफिक र मध्यपुर्वको २ हप्ते भ्रमण 

बिहिवार , पौष २१, २०७९

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)का कोषाध्यक्ष सुनील साहले एसिया प्याशिफिक र मध्यपुर्वका बिभिन्न देशका भ्रमण सम्पन्न गरेका छन् ।

२ साताभन्दा लामो भ्रमणको क्रममा कोषाध्यक्ष साहले एसिया प्याशिफिकका मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड र मध्यपूर्वको यूएई, कतारलगायत देशको भ्रमण सम्पन्न गर्दै एनआरएनए एनसिसि र अन्य संघ सँस्थासँग छलफल, भेटघाट तथा अन्तरक्रिर्या गरेका हुन्।

साहले भेतघाटका क्रममा एनआरएनएका हालका समस्या र समाधानका बारेमा पनि छलफल चलाएका थिए । एसिया र मध्यपुर्वको भ्रमणको क्रममा साह बिभिन्न संघ सँस्थाबाट सम्मानीत समेत भएका छन्।

दुई साताभन्दा लामो एसिया र मध्यपुर्व भ्रमणको क्रममा साहलाई बिभिन्न एनआरएनए एनसीसी, नेपाली जनसम्पर्क समिति कतार र यूएईले सम्मान गरेको हो।
कोषाध्यक्ष साहले आफ्नो यो भर्मण एनआरएनए अभियन्तासँग भेटघाट र छलफलको लागी रहेको बताए।

कतारमा आयोजित कार्यक्रमका बीच जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस महासमिति सदस्य एबं एनआरएनए आईसिसि उपाध्यक्ष नरेन्द भाट, कार्यवाहक सभापती ठाकुर प्रसाद परियार र महामन्त्री केदार भूसालले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सोही क्रममा कतार मधेश प्रदेश समन्वय समितिले पनि साहलाई सम्मान गरेको छ । कतारमा आयोजित छुट्टै कार्यक्रमकाबीच मधेश प्रदेश समन्वय समितिका अध्यक्ष मोहम्मद नियाज शेख र महासचिव तोजीलाल मण्डलले संयुक्त रुपमा साहलाई सम्मान गरेका हुन ।

यस्तै, नेपाली जनसम्पर्क समिति यूएईले पनि स्वागत तथा अन्तरक्रिर्या कार्यक्रमको आयोजना गर्दै सभापति भुवानी प्रसाद तिमिल्सिना र महामन्त्री हरि खड्काले संयुक्त रुपमा साहलाई सम्मान गरेका छन ।

साहलाई एनआरएनए एनसिसिहरु मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड,युएई र कतारले छुट्टा छुट्टै कार्यक्रम राखी खादा ओढाएर सम्मान गरेका थिए । सम्मानित पछि साहले यो सम्मान र साथिहरुको मायाले अत्यन्त उत्साहित भएको बताए ।

कोषाध्यक्ष साहले केही समय पहिले देखी नै आफू एनआरएनएको आगामी अधिबेसनबाट नेतृत्व लिन तयार रहेको बताउदै आउने गरेका थिए । साहको यस भर्मणलाई पनि एनआरएनएको आगामी अधिवेसनसङ्गै जोडिएर हेरिएको छ ।

कोषाध्यक्ष साहसँगै एनआरएनए एनसिसि कतारले प्रवक्ता सोम प्रसाद सापकोटालाई पनि खादा लगाएर दोहामा स्वागत गरेको थियो ।

यसअघि यूरोपका विभिन्न देशको भ्रमण सम्पन्न गरेका साहले हाल एसिया र मध्यपुर्वको भ्रमण गरेका हुन।

मधेश प्रदेशमा ब्लड बैक बस परियोजनाको संयोजक समेत रहेका साह आगामी कार्यकालका लागि नेतृत्वको लागि पनि दावि गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार