सोमवार, श्रावण २५ गते २०८३

बर्षायाममा स्वस्थ रहन यसो गरौँ 

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । वर्षायाममा मानिसहरुलाई अलि बढी स्वास्थ्य समस्याहरु आउने गर्दछ । यो समयमा छालाको संक्रमण, अपच, पखला जस्ता समस्याले सताउँछ । 

यो याममा हाम्रो पाचन यन्त्र पनि कमजोर हुने भनाईका कारण कतिपयले माछा–मासु नखाने चलन छ । आर्युवेदका अनुसार बर्षा ऋतुमा सूर्य उत्तरायण हुन्छ, जसको प्रभाव मानव शरीरमा पनि पर्छ । त्यसैको प्रभावले शरीर कमजोर हुन्छ र पेट सम्बन्धी समस्या हुन्छ ।

बर्षायाममा ग्याष्ट्रिकको संभावना पनि बढी हुन्छ । पित्त दोषको संचय हुन्छ, जसले शरीरमा कतिपय समस्या निम्त्याउन सक्छ । त्यसैले बर्षायाममा खानपान र जीवनशैली सन्तुलित एवं स्वस्थ्य हुनुपर्छ ।

बर्षायाममा पिउने पानी सामन्यभन्दा बढी भारी हुन्छ, जसले शरीरको मोटाबोलिज्मलाई कमजोर बनाउँछ । यस समयमा भोक पनि कम लाग्छ । अब वर्षायाममा आफ्नो स्वास्थ्यको कसरी ख्याल राख्ने त यस्ता छन् उपाय ।

१)  हल्का तथा सादा खानेकुरा खाने । चामल, जौ, गहुँ आदिबाट बनेको आहार खाँदा राम्रो हुन्छ ।

२)  गाइको घिउ, कम वोसोयुक्त मासु, दाल, हरियो चना, चामल तथा गहुँबाट बनेको परिकारलाई आफ्नो नियमित आहारमा सामेल गर्ने ।

३)  खानासँग थोरै बीरे नुन र अदुवा अनिवार्य रुपमा खाने ।

४)  सकेसम्म उसिनेको सब्जी खाने ।

५)   उमालेर सेलाएको पानीमा मह हालेर खाँदा राम्रो हुन्छ ।

६)  काँचो खानेकुरा बन्देज गरौँ किनभने यो सिजनमा सलाद त्यती लाभदायक मानिदैन ।

७)  धेरै पेय पदार्थ नपिउने ।

साथै वर्षायाममा स्वस्थ रहन दिनचर्या पनि बदल्नु आवश्यक छ । आहारका साथै सहि दिनचर्या पनि एकदमै जरुरी छ । बर्षाको मौसम आएपछि आफ्नो दिनचर्यामा यस्तो परिवर्तन आवश्यक हुन्छ ।

१)  दिउँसो सुत्न हुँदैन । यसले पाचन यन्त्रलाई असर गर्छ र मोटाबोलिज्मलाई धीमा गर्छ ।

२)  आफ्नो आसपासको क्षेत्रमा सधै सफा राख्ने । खाल्डा खुल्डीमा पानी जम्न नदिने ।

३)  शरीरको तापमान कमजोर हुँदा भाइरसले तिब्र आक्रमण गर्ने भएकोले शरीरलाई सधै न्यानो राखौ ।

४)  फोहोर तथा दुषित पानीबाट बच्ने । खुट्टालाई ओसिलो नराख्ने ।

५)  घर बाहिर घाममा धेरै समय बस्नु तथा काम नगर्ने । मध्यान्हको समय बाहिर ननिस्कने । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार