बिहिवार, आश्विन १५ गते २०८३

लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

शनिवार , पौष २३, २०७९

मेक्सिको सिटी। उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए । 

मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन “एल चापो“ गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए ।

गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो । त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो । 

मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई  पक्राउ गरेको थियो । 
“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार