बिहिवार, आश्विन १५ गते २०८३

अमेरिकामा १५औं चरणको मतदानमा सभामुख चुनिए म्याककार्थी

शनिवार , पौष २३, २०७९

काठमाडौं। अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन्। १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन्। सभामुख चयनका लागि ४२८ भोट खसेको थियो ।

जसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गर्दा डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरेका थिए। तदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए जसलाई पक्ष/विपक्षमा नलिई ’प्रिजेन्ट’ मा गनिन्छ ।

नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन्। हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् ।

समाभुख चुनिनका लागि २१८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५औं चरणसम्म मतदान गर्नुपरेको हो । यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा उहाँलाई मत दिन तयार भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार