शुक्रवार, आश्विन १६ गते २०८३

२२ सय विन्दुबाट माथि लाग्यो सेयर बजार

सोमवार , पौष २५, २०७९

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि सकारात्मक बनेको सेयर बजार लामो समयपछि २२ सयको विन्दुबाट माथि पुगेको छ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ४७.१५ अंकले बढेर २२११.७६ विन्दुमा पुगेको छ।

सोमबार सेन्सिटिभ इन्डेक्स ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुग्यो। यस्तै, फ्लोट इन्डेक्स ३.४८ अंकले बढ्यो भने सेन्सिटिभ फ्लोट इन्डेक्स ३.०५ अंकले बढ्यो। 

सोमबार २५७ कम्पनीको १ करोड ४७ लाख ७६ हजार २०६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ बराबरको कारोबार भयो।

सोमबार सेयर बजारको कारोबार रकम आइतबारको भन्दा कम रह्यो। आइतबार ५ अर्ब ४५ करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो। आइतबार नेप्से परिसूचक २०.६९ अंकले बढेको थियो।

सोमबार ८ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढ्यो। कारोबार रकमका आधारमा रिद्धी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड ६८ लाख मूल्यको सेयर खरिदबिक्री भयो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार