शुक्रवार, आश्विन १६ गते २०८३

राजेन्द्र महर्जन सहित बीमा प्राधिकरणका पाँचजना उपनिर्देशकमा वढुवा

मंगलवार , पौष २६, २०७९

काठमाडौं। बीमा प्राधिकरणमा पाँचजनाको वढुवा सिफारिस भएको छ ।

बीमा प्राधिकरणबाट मिति २०७१/८/२३ मा प्रकाशित विज्ञापन नम्बर १२०७९/८० अनुसार देहायको सेवा, समूह, श्रेणी र पदको लागि कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको कार्यक्षमताको मूल्यांकनकाे आधारमा वढुवा सिफारिस भएको हो ।

बीमा प्राधिकरणको उपनिर्देशक पदमा राजेन्द्र महर्जन, पूर्ण बहादुर थापा, विनोद कुमार पोखरेल, निर्मला मल्ल र प्रीति देव वढुवा भएका छन्।

उप निर्देशकमा बढुवा भएका राजेन्द्र महर्जनको नाम पहिलो नम्वरमा छ । महर्जन बीमा विषयमा पिएचडी गर्दै गरेका क्षमतावान कर्मचारी हुन् । हाल सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयमा कार्यरत रहेका उनी अब बढुवापछि नयाँ जिम्मेवारी पाउनेछन् ।

पाँच जना उपनिर्देशकको लागि नौ जनाले दरखास्त दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार