शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारमा ४१ अंकको करेक्सन, ५ अर्बको कारोबार

बिहिवार , पौष २८, २०७९

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार दोहोरो अंकको करेक्सन आएर  बजार बन्द भएको छ। यसदिन ४१.०२ अंकले सेयर बजार ओरालो लागेको हो।

साताको पहिलो र दोस्रो कारोबार दिन बढेको सेयर बजार मंगलबारदेखि ओरालो लागेको हो।

पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.६९अंकले बढेको थियो। सो दिन ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो। सोमबार परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुग्यो। सो दिन ५ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

दुई दिन निरन्तर बढेको बजार मंगलबार दोहोरो अंकको करेक्सन आयो। सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको थियो। सो दिन नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार भएको थियो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

सेयर कारोबारको अन्तिम दिन  बिहीबार नेप्से परिसूचक नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेको छ। यसदिन नेप्से २१९४.४१ विन्दुमा अडिएको छ। आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर  ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँमा खरिदबिक्री भयो। आज ८३ हजार ११३ पटक सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्‍यो। फाइनान्स र  इन्भेस्टमेन्ट समूहको सूचक ३ प्रतिशत बढिले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा ट्रेडिङ समूहको सूचक ०.६६ प्रतिशतले बढ्यो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार