काठमाडौं। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ।
मेयर जिसीलाई आज बिहान हृदयाघात भएको हो । उनको अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।
मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए।