बिहिवार, आश्विन १५ गते २०८३

काबुलमा भएको आत्मघाती हमलाको निन्दा

शनिवार , पौष ३०, २०७९

न्युयोर्क । अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने । 

बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए ।

घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार