बिहिवार, आश्विन १५ गते २०८३

क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति

शनिवार , पौष ३०, २०७९

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ ।

आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ ।

सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार