काठमाडौं । आधुनिक गायकको रुपमा परिचित गायक स्वरुपराज आर्चायको पहिलो लोकगीत सार्वजनिक भएको छ ।
गायक आचार्य र लक्ष्मी मल्लको स्वर रहेको गीत ‘डाँडाघर साँइली’ केही दिन अघी सार्वजनिक भएको हो । ‘डाँडाघर साँइली’ मा नेपाली मौलिकता झल्काउने गरी भिडियो निर्माण गरिएको छ । देबेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।
गीतको शब्द कृष्ण केसीले लेखेका हुन् । गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् । गीतलाई कृष्ण बि.के ‘भाञ्जा’ले संगीत संयोजन गरेका छन् । भिडियोमा प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र श्रीकृष्ण बम मल्लको अभिनय छ ।