बिहिवार, आश्विन १५ गते २०८३

संयुक्त राष्ट्रसंघको चेतावनीः लेबनान-इजरायली सीमाना नजिक तनाव ननिम्त्याउ

शनिवार , माघ ७, २०७९

काठमाडौं। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ ।

प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि सार्वजनिक भएको हो । लेबनान र इजरायलको सीमा क्षेत्रमा केही समयदेखि तनाव बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार