बिहिवार, आश्विन १५ गते २०८३

कुरान जलाउने कार्यको स्वीडेनका प्रधानमन्त्रीले गरे निन्दा

सोमवार , माघ ९, २०७९

एजेन्सी । स्वीडेनका प्रधानमन्त्रीले स्टकहोममा कुरान जलाउने गतिविधिको निन्दा गरेका छन् ।  उग्र दक्षिणपन्थी राजनीतिज्ञ रासमुस पालुदानले शनिबार स्विडेनको राजधानीस्थित टर्कीको दूतावास अगाडि मुस्लिम धर्मको पवित्र पुस्तकको प्रतिलिपिमा आगजनी गरेका थिए ।

‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अंग हो । धेरैका लागि पवित्र पुस्तकहरू जलाउनु गहिरो अपमानजनक कार्य हो । म आज स्टकहोममा भएको घटनाबाट दुखित सबै मुस्लिमहरूप्रति मेरो सहानुभूति व्यक्त गर्न चाहन्छुुुु’, प्रधानमन्त्रीले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार