काठमाडौं। छात्रवृत्ति कोष घोषणा गर्दै गिनिज पब्लिक सेकेण्डरी स्कुलले आफ्नै विद्यालयको२८ औैँ वार्षिकोत्सव सकिएको छ।
शनिबार धर्मस्थली , सानो बाइपासमा भएको कार्यक्रम नेपाली राष्ट्रिय गानका रचयीता कवि प्रदिप कुमार राई (ब्याकुल माइला) को प्रमुख आतिथ्यतामा भएको थियो । त्यहा ७०० जना भन्दा बढी अभिभावक तथा ४०० जना भन्दा बढी बिद्यार्थी सहभागी भए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद बास्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट प्रिन्सिपल रामेश्वर सिम्खडाले स्वागत मन्तब्य र विद्यालयको प्रगति प्रतिबेदन तथा संचालक समितिका अध्यक्ष राजन गोतामेले विद्यालयको नीति कार्यक्रम प्रस्तुत गरेका थिए।
शिक्षक सिलाश तामांग र शिक्षिका सुन्दरी सुनारको संचालनमा सम्पन्न कार्यक्रममा बरिस्ट नृत्य निर्देशक तथा करिओग्राफर नारायण रिजाल र करिओग्राफर रोशन बुढाथोकीको नेतृत्वमा रहेको शिव कैलाश कला मन्दिर परिवारको निर्देशनमा पी जी देखि १० कक्षा सम्मका बिधार्थी भाइबहिनीहरुको तीन दर्जन बढी नृत्य , संगीत, प्रहसन, उद्घोसण प्रस्तुत भएका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट करातेमा भारतमा गई अन्तरास्ट्रिय पदक बिजेता सागर तामांग र बियम सिंह तामांग तथा २०७८ सालको एस इ इ परिक्षामा तारकेश्वर प्रथम आयुषा गौतम लगाएतका बिधार्थीलाइ नगद संम्मान सहित बिद्यालयका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पदक बिजेता ३०० भन्दा बढी बिधार्थीलाई पदक वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयले आफ्ना २१ भन्दा बढी जेस्ठ अभिभावकलाई सम्मान गरेको थियो भने उक्त अवसरमा पुर्व विद्यार्थीको तर्फबाट आयुषा गौतमले छात्रवृत्ति अक्षय कोषको लागि रु १० हजार ५ सय प्रदान गर्दै उक्त कोषको सुरुवात गरेको घोषणा गरे।
बेलुकी अबेरसम्म उत्साहका साथ सम्पन्न कार्यक्रमलाई मेघा टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो भने कार्यक्रममा सहभागी सबै शिक्षक, कर्मचारी, अभिभावक, प्राबिधिक सबैलाई धन्यवाद दिंदै कार्यक्रमका सभापति डिल्ली प्रसाद बास्कोटाले कार्यक्रम समापन गरेका थिए।