शुक्रवार, आश्विन १६ गते २०८३

केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र

मंगलवार , माघ १०, २०७९

काठमाडौं। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

सोमबार केवल व्यवसायीको राष्ट्रिय भेलाले उठाएका विषयहरूलाई ज्ञापनपत्रमा समेटिएको थियो । व्यवसायीले पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा जोड दिएका थिए ।

ज्ञापनपत्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो । केवल व्यवसायीले उपभोक्तासँग न्यूनतम शुल्क लिएर घरघरमा टेलिभिजन सेवा पुर्‍याउँदै सूचनाको हकको प्रत्याभूति गराइरहेको बताएका छन् । 

व्यवसायीको मागमा ऊर्जामन्त्री लिङदेन केवल र इन्टरनेटलाई फरक तरिकाले हेर्नुपर्नेमा सहमत देखिएका छन् । मन्त्री लिङ्देनले आजै कार्यकारी निर्देशक घिसिङसहित व्यवसायीसँग थप छलफल गर्ने भएका छन् ।

मंगलबारको भेटमा व्यवसायीका तर्फबाट महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदी लगायत महासंघका पदाधिकारी सहभागी भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार