काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो ।
२४ घण्टामा थपिएका संगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ रहेको छ ।
सोही अवधीमा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् ।
यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।