बुधवार, आश्विन १४ गते २०८३

काराबाओ कपमा न्युकासल विजयी

बुधवार , माघ ११, २०७९

काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा न्युकासल युनाईटेडले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।

न्युकासलको जितमा जोइलिन्टनले निर्णायक गोल गरे ।

खेलको ७३ औं मिनेटमा जोइलिन्टनले गोल गरेका हुन् ।

यस्तै खेलको ८६ औं मिनेटमा डी कालेटा कारले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै न्युकासलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार