बुधवार, आश्विन १४ गते २०८३

जर्मन बुन्डेसलिगा: बायर्न हारबाट जोगियो

बुधवार , माघ ११, २०७९

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले एफसी कोल्नसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ९० औं मिनेटमा जोसुवा किमिचले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।

त्यसअघि खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै कोल्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै बायर्नले १७ खेलमा ३६ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

कोल्न २१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार