बिहिवार, कार्तिक ६ गते २०८३

ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु    

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।     

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए      

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार