बुधवार, आश्विन १४ गते २०८३

एफए कप फुटबल: आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा

शनिवार , माघ १४, २०७९

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो ।

सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे ।

एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार