बुधवार, आश्विन १४ गते २०८३

जर्मन बुन्डेसलिगा: लाइपजिगको जित

शनिवार , माघ १४, २०७९

काठमाडौं। जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लाइपजिगले स्टुटगार्डलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा स्टुटगार्डका क्रिस फुरीचले पेनाल्टीमा गोल गरेपनि लाइपजिग २-१ ले विजयी भयो ।

जितसँगै लाइपजिग दोस्रो स्थानमा उक्लिएको छ । लाइपजिगले १८ खेलमा ३५ अंक जोडेको छ ।

स्टुटगार्ड १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार