बुधवार, आश्विन १४ गते २०८३

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

आइतवार , माघ १५, २०७९

काठमाडौं  । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।

यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।   

यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार