बुधवार, आश्विन १४ गते २०८३

एफए कप फुटबल अन्तर्गत पाँचौं चरणको 'ड्र' सार्वजनिक

मंगलवार , माघ १७, २०७९

काठमाडौं । एफए कप फुटबल अन्तर्गत पाँचौं चरणको 'ड्र' सार्वजनिक भएको छ ।

इंग्ल्यान्ड एफएले सार्वजनिक गरेको 'ड्र' अनुसार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई प्रतिद्वन्दी पाएको छ ।

म्यानचेस्टर युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राइटनले स्टोक सिटीलाई प्रतिद्वन्दी पाउँदा लेस्टर सिटीले ब्लाकबर्न रोभर्स र बिर्मिनघम सिटीबीचको विजेतासँग खेल्नेछ ।

साउथह्याम्पटनले लुटोन टाउन र ग्रिम्स्बी टाउनबीचको विजेतासँग खेल्नेछ ।  

टोटेनहमले पाँचौं चरणमा सेफिल्ड युनाईटेड र रेक्समबीचको विजेतासँग खेल्नेछ ।

लिड्स युनाईटेडले फुलहम र सन्डरल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

त्यस्तै बर्नली र इप्स्वीच टाउनबीचको विजेताले पाँचौं चरणमा सेफिल्ड वेनस्डे र फ्लिटउड टाउनबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार