काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ५८ पिसिआर परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टिजेन परीक्षणमा ५ सय ६५ जना गरी १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २४ घण्टामा २ हजार १ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।
कोरोना संक्रमणबाट थप २१ जनाको ज्यान गएको मन्त्रालयले पुष्टी गरेको छ । यो संगै हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५ सय २७ जना पुगेको छ ।