काठमाडौं । गायक खुमन अधिकारीले अर्को तीज गीत सार्वजनिक गरेका छन् । अधिकारी र गायिका रमिला न्यौपानेको आवाजमा रहेको तीज गीत ‘नाई भन्न पाईदैन’ बोलको गीत शनिवार सार्वजनिक भएको हो ।
खुमनको यसअघि ‘अब होला केहि’ (शिव पार्वती) बोलको तीज गीत ल्याएका थिए । यो गीत अहिले निकै चर्चामा रहेको छ । टिकटक देखि सामाजिक सञ्जालमा पनि खुमनको यो गीतलाई निकै रुचाईएको छ ।
‘नाई भन्न पाईदैन’ बोलको गीत पनि सार्वजनिक भएको केहि घण्टामा नै एक लाख युट्युब भ्युज पुग्न लागेको छ । गीतमा आएका अधिकांश प्रतिक्रिया निकै सकरात्मक छन् । नेत्र अर्यालको शब्द रहेकाने गीतमा संगीत पनि गायक अधिकारीले गरेका हुन् ।
भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बविन ठकुरी, अर्जुन गौतम, ध्रुव हिमाली, रिना थापा मगर, दिपासा विसी, रुविना अधिकारी देखिएका छन् । भिडियोलाई स्मृती तिमिल्सैनाले निर्देशन गरेकी हुन् ।