बुधवार, आश्विन १४ गते २०८३

इटालियन सिरी ‘ए’ : जिरुडको गोलमा एसी मिलानको जित

शनिवार , माघ २८, २०७९

फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ ।

मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।

मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।

यस जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार