काठमाडौं । भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज आज शनिबारबाट सुरु हुदैछ ।
सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।
आज देखि सुरु हुने यो त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।
नेपाल यस सिरिजमा नयाँ प्रशिक्षक मोन्टि देसाईको नेतृत्वमा पहिलो पटक खेल्दै छ । त्यस्तै विवादकाबीच सन्दीप लामिछानेले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
नाबालिक बलात्कारको आरोप लागेर धरौटीमा छुटेका सन्दीपलाई टिममा समावेश गरेको भन्दै विरोध भइरहेको छ ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो । लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।
२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।