बुधवार, कार्तिक ५ गते २०८३

डोटीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ घाइते

शनिवार , फाल्गुण ६, २०७९

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका – १ लोलीमा ३३२९ नम्बरको जीप दुर्घटना हुँदा केआईसिंह गाउँपालिका – १  डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको हो। 

जीप दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार केआइसिंह गाउँपालिका – १ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते छन् । 

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा  सामान्य घाइते भएका छन् ।

सामान्य घाइतेहरुलाई उद्दारपछि घर पठाइएको छ भने गम्भीर घाइतेहरुको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार