सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

२४ घण्टा १८०१ नयाँ संक्रमित थपिए, १६६७ संक्रमणमुक्त 

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अवधीमा १ हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५६१ जनाको आईसीयू र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार