मंगलवार, कार्तिक ४ गते २०८३

बाजुरामा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बुधवार , फाल्गुण १०, २०७९

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको विछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो।

छिमेकी जिल्‍ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको  छ। यसअघि पनि बाजुरामा भूकम्प गएको थियो।

क्षतिको विवरण आउन बाँकी छ।

 यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार