काठमाडौं। कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
आज कैलारी गाउँपालिका-७ सडकपुर बसन्तामा ७५ वर्षीय वृद्ध लाहनु चौधरी र कैलारी गाउँपालिका-४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु आफ्नै घरमा मृत फेला परेका हुन् । मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।