महेन्द्रनगरबाट डडेल्धुराको रुपालतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका-३ मट्यौलामा सोमबार दिउसो म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका-२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो ।
जिपमा चालकसहित ११ जना यात्रु सवार रहेकोमा अन्य केही यात्रु पनि सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको र जिपमा च्यापिएर तिरुवाको मृत्यु भएको प्रहरीको भनाई छ। मट्यौलाको पानीट्याङकी नजिक जिप दुर्घटना भएको थियो ।