बिहिवार, आश्विन १५ गते २०८३

आईसीसी क्रिकेट विश्वकप लिग टूः नेपालद्धारा पपुवा न्युगिनी ४ विकेटले पराजित 

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको छ । यूएईमा आजबाट सुरु सिरिजमा नेपालले जितका साथ सिरिजको सुरुआत हो ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरेको छ ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले ।

कुशलले ५ चौका प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार