बिहिवार, आश्विन १५ गते २०८३

लिग टु खेल्न सन्दीप लामिछाने दुबई प्रस्थान, आईसीसीले दियो स्वीकृति

बुधवार , फाल्गुण १७, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार