सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

सोमबार २४४५ जना कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोमबार १२५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  त्यस्तै सोही अवधीमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार