आइतवार, श्रावण २४ गते २०८३

करोडपति मात्रै बस्ने संसारकै धनी गाउँ

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । हामीले धनी देशहरुको कुरा गर्छौँ तर धनी देशहरुमा पनि गरिब मानिसहरु बस्ने गर्छन्् । 
तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ?

हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात छ । उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ ।

संसारको सबैभन्दा धनी यो गाउँ चीनको जियांग्सू प्रान्तमा रहेको छ । उक्त गाउँको नाम वाक्सी हो । चीनको यो गाउँ यस्तो छ कि त्यहाँ पुग्दा जोकोहीले पनि देशको राजधानीमा जस्तै सुविधाहरु सजिलैसँग प्राप्त गर्न सक्दछन् ।

यो गाउँमा उपलब्ध सुखसुविधाका कारण यसलाई सुपर भिलेजको नामले पनि चिनिन्छ । उक्त गाउँमा ७२ तले गगनचुम्बी महल रहेको छ । त्यस्तै हेलिकप्टर टेक्सिस, थीम पार्क तथा लक्जरी भिल्ला पनि छन् ।

यस गाउँमा करीब दुई हजार मानिसको बसोबास छ । सो गाउँका बासिन्दाहरुका अनुसार त्यहाँका हरेक मानिसको बैंक खातामा कम्तिमा पनि १० लाख युआन अर्थात् झण्डै डेढ करोड रुपैयाँ मौज्दात छ ।

साथै गाउँका हरेक परिवारलाई सरकारको तर्फबाट घर दिइएको छ । यदि कोही मानिसले गाउँ छाड्न चाहेमा आफ्नो सम्पत्ति र सुखसुविधा सबै त्याग गर्नुपर्दछ । त्यसैले पनि सो गाउँमा मानिसहरु कहीँपनि बसाईं नसरिकन सुखसयलका साथ जीवनयापन गरिरहेका छन् ।

वाक्सीलाई करोडौँ डलरको कम्पनीहरुको गढ पनि मानिन्छ । त्यहाँ स्टिल तथा सिपिङ्ग जस्ता मूख्य–मूख्य कम्पनीहरु रहेका छन् । गाउँका सबैजसो घरहरु एकै प्रकारका छन् । बाहिरबाट हेर्दा त्यो कुनै विशाल होटल परिसर जस्तै लाग्दछ ।

टिलिक्क टल्किने गाउँको सडकले जोसुकैलाई पनि आकर्षिक गर्दछ । अहिले सम्वृद्धिको शिखरमा पुगेको यो शहर कुनै समय निकै गरीब थियो । गाउँलाई प्रगति र सम्वृद्धिको चुलीमा पु¥याउने श्रेयचाहिँ कम्युनिष्ट पार्टीका स्थानीय सचिव वू रेनाबोलाई जाने जनाइएको छ ।

China-main.jpg
एजेन्सी 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार