बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपति कार्यालयको वेबसाइटमा पाैडेलकाे दुवै गालाको कोठी फिर्ता !

बुधवार , चैत्र १, २०७९

काठमाडौं । राष्ट्रपति कार्यालयले वेबसाइटमा राखेकाे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरेकाे छ।

तीन दिनअघि राखिएको तस्बिर आज फेरिएको हो । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ ।

यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार