बिहिवार, आश्विन २२ गते २०८३
उपराष्ट्रपति निर्वाचन

कांग्रेसले गर्‍यो आचारसंहिता उल्लंघन

बुधवार , चैत्र १, २०७९

काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अयोगमा उजुरी परेको छ ।

नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्देशन दिने कांग्रेसको निणर्यप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसको या निणर्यले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको र आचारसंहिता उल्लंघनको निणर्य गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई लिखित जवाफ मागेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निणर्य सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो । कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निणर्य गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यसअघि फागुन२५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार