काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड माधव नेपालसँगको भेटपछि बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलवार बिहान नेपालसँग भेटेका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्।
प्रचण्डले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल शुरु गरेको बताइएको छ।