बिहिवार, आश्विन २२ गते २०८३

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

बुधवार , चैत्र १, २०७९

काठमाडौं। सत्तारुढ १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक कुनै निणर्य नगरी टुंगिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच सकारात्मक छलफल भएको र बिहीबार पुनः बसेर थप निणर्य गर्ने बताए।

गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार छन्। दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरु समझदारी खोजी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार