बिहिवार, आश्विन २२ गते २०८३

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

शुक्रवार , चैत्र ३, २०७९

काठमाडौं। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । 

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

यस्तै, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ जना सांसदको मत पाएकी छन्। तेस्रो नम्बरमा रहेकी जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन्। 

उम्मेदवारी फिर्ता लिएकी जसपाकै सांसद प्रमिलाकुमारीको पक्षमा पनि सांसदले मत दिएका छन्। यादवले प्रदेशमा १ मत पाइन् ।

निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार