काठमाडौं । दुबै मृगौला फेल भएर उपचारत हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरीले) अफ्नो उपचारको लागी सहयोग रकम संकलन नगर्न आग्रह गरेकी छन् ।
दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचारत उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले भनेका छन् ।
पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यक रहेको बताएकी छिन् ।
पल्पसाले आफै रकम तिर्न सक्ने बाएकी छिन् । पल्पसाले यतिबेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।
उनलाई विगत ५ बर्षदेखि किड्नीको समस्या रहेको थियो । पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् । उनलाई सहयोगका लागी सहकर्मी कलाकारहरु पनि सक्रिय भएर लागेका छन् ।