बिहिवार, आश्विन २२ गते २०८३

संसद बैठकमा बेपत्ता छानबिन र सत्यनिरुपण सम्बन्धी विधेयक पेस हुँदै

आइतवार , चैत्र ५, २०७९

 प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो ।

त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको थियो । यी विधेयक फास्ट ट्र्याकमा पास गर्ने तयारी छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार