सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

२४ घण्टामा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १३५ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ ।
सोही अवधीमा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमित मध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै २४ घण्टामा २५ जनाले संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले पुष्टी गरेको छ । यो संगै हालसम्म ९ हजार ६०७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् ।

जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार